यी २१ वर्षीय युबक जसले फेक आईडी बनाएर नाबालिलाई प्रेममा पारेर …..

ताजा खबर



माघ १, काठमाडौं । फेसबुकबाट साथी बनाई बालिका ब’ला’त्का’र ग’रे’को आरोपमा काठमाडौंमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुरको पाटन बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई बालिका ब’ला’त्का’र अभियोगमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार श्रेष्ठले सौगात महर्जन नामको नक्कली फेसबुक अकाउन्ट बनाएर ती नाबालिकासँग निकटता बढाए र भिडिओ कल गर्न लगाउँदै संवदेनशील अंग देखाउन लगाए। त्यसपछि त्यही भिडिओ रेकर्ड गरेर बालिकासँग यौ’न स’म्प’र्क’का लागि ‘बार्गेनिङ’ गर्न थाले। अन्यथा भिडिओ सार्वजनिक गरिदिने ध’म्की दि’न थाले।

पीडित बालिकाले बताएअनुसार यस क्रममा श्रेष्ठले गत पुस २७ गते राति ८ बजेतिर उनलाई काठमाडौंको बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बा’ध्य ब’ना’ए र ज’ब’र्ज’स्ती क’र’णी गरे।

त्यसपछि फरार आरोपितलाई पुस ३० गते प्रहरीले नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी वृत्त (महाराजगन्ज) को हिरासतमा राखेर उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ती युवक बालिकासँग साथी बनेको २ महिनाभित्र ब’ला’त्का’र घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।





Source link

Leave a Reply

Your email address will not be published.