भोलि सार्वजनिक बिदा « Etajakhabar

ताजा खबर



लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ‘माघी तथा माघे सङ्क्रान्ति’को अवसरमा प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा नेपाली तथा कर्णालीवासीमा शुभकामना व्यक्त गर्नुभएको हो । “बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक विविधताले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गरेको छ”, उहाँले भन्नुभयो, “यो पर्वले पनि पारस्पारिक मित्रता र सहिष्णुता अभिवृद्धि गर्दै आएको छ ।”

प्रदेश प्रमुख परियाले तरुल, सख्खरखण्ड, लड्डु, माछा, मासुजस्ता परिकार खाने, नाचागन गर्ने, पोखरी, दह तथा तलाउमा गएर नुहाउने र नाचगान गर्दै धुमधामका साथ मनाउने यस पर्वले नेपालको सांस्कृतिक विविधतामा महत्वपूर्ण स्थान ओगटेको बताउनुभएको छ । उहाँले सांस्कृतिक पर्वहरुले हाम्रो पहिचान र मौलिकतालाई उजागर गरेको भन्दै थारु तथा मगर समुदायको यस पर्वले आपसी भाइचारा तथा बन्धुत्व कायम भई मुलुकको समृद्धि र विकास गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।





Source link

Leave a Reply

Your email address will not be published.