स्याङ्जामा गो’ली ला’गेर एक युवकको मृत्यु « Etajakhabar

ताजा खबर



पोखरा, २६ पुस-स्याङ्जामा गो’ली ला’गे’र एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गो’ली ला’गे’र आँधिखोला गाउँपालिका-१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो ।

भरुवा ब’न्दु’कको छ’र्रा ला’गेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको छ । आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विक समातिएका छन् ।

सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।उनीहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।





Source link

Leave a Reply

Your email address will not be published.