बाघले मान्छेलाई खा’इ’रहेको थियो त्यसैबेला नजिकै प्रहरी पुग्दा…

ताजा खबर



बाघको आ’क्र’म’णबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ। यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा बाघको आ’क्र’म’णबाट दुई जनाको मृत्यु भएको थियो। बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको स्थानीयले बताएका छन्।

बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राको चो’ट छ। केही दिनअघि राप्तीसोनारीका वडा ५ र ६ नम्बर वडाको जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई पनि बाघले झम्टेको थियो।

बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आ’क्र’म’ण ग’रे’को हो। विष्टलाई बाघले आ’क्र’म’ण ग’रेपछि भा’गे’र आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

‘प्रहरी टोली घटनास्थल पुग्दा बाघले मान्छेलाई खा’इ’रहेको थियो,’ अधिकारीले भने, ‘होहल्ला गर्दा पनि नभागेको बाघलाई दुई राउण्ड गो’ली फा’य’र ग”रेर अलिकति टाढा भगाएपछि मात्र हामीले शव ल्याउन सक्यौँ।’

राप्तीसोनारी–४ को क्षेत्रमा केही दिनदेखि बाघको आ’क्र’म’ण बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्न सुरु गरिने बताए। ‘हामी स्थानीयवासीलाई पनि बाघप्रति सचेत गराउने कार्यक्रम लिएर त्यस क्षेत्रमा जाँदैछौँ,’ उनले भने।

बाघको सङ्ख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ । पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिए।





Source link

Leave a Reply

Your email address will not be published.