यसकारण आ त्मह त्या ग’र्न चाहन्थे यी बलिउड कलाकार « Etajakhabar

ताजा खबर



भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आ’त्मह’त्या ग’र्नका लागि वि’ष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो ।

१५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी कमेडियन कोभिडका कारण आर्थिक संकटमा परेपछि आ’त्मह’त्याको बाटोतर्फ जान लागेका थिए । बलिउडमा तीर्थानन्द भन्दाअघि कयौं ठूला स्टारहरूमध्ये केहीले आफ्नो परिस्थितिबाट हा’र मा’न्दै र केहीले भने बिरामीका कारण आ’त्मह’त्याको सोच बनाइसकेका छन् ।

अभिनेता अध्ययन सुमन एक समय डि’प्रे’स’नको शि’का’र भएका थिए । लबी कल्चरको शि’का’र भएपछि उनलाई फिल्मबाट हटाउन थालिएको थियो । यही समयमा उनी अभिनेत्री कंगना रनावतबाट पनि अलग्गिएका थिए ।

कंगनासँग पुरानो सम्बन्धलाई सुचारु गर्न उनलाई निकै समस्या भएको थियो । उनका पिता शेखर सुमनले एक अन्तर्वार्तामा छोराले आफूलाई पटकपटक आ’त्मह’त्या ग’र्न मन लागेको कुरा बताउने गरेको खुलासा गरेका थिए ।

अभिनेता मनोज बाजपेयी नेसनल स्कूल अफ ड्रामामा भर्ना हुने सपना देख्दथे । तर, स्कूलले अ’स्वी’कार ग’रे’पछि उनले यस्तो सोच बनाएका थिए । मनोजले आ’त्मह’त्या गर्लान् भन्ने डरले उनका सबै साथी मनोजसँग बस्न थाले, ताकि मनोजले यस्तो गर्न नसकून् ।

टेलिभिजन अभिनेत्री शमा सिकन्दरले पनि आ’त्मह’त्याको प्रयास गरिसकेकी छन् । डि’प्रे’सनका कारण उनले एक रात कयौं निन्द्राको औषधि खाएकी थिइन् । औषधि खाएपछि उनले आमालाई बिहान नउठाउनु भन्दै भाइलाई आफ्ना सबै बैंक एकाउण्टको जानकारी पठाएकी थिइन् ।

आधा रातमा शंका लागेर भाइले आमालाई बोलाएका थिए । त्यसपछि कोठामा पुग्दा शमा बेहोस् अवस्थामा थिइन् । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । जसकारण शमाको ज्यान बच्यो ।

अभिनेता तथा कमेडियन जोनी लिभरको बाल्यकाल संकटमै बित्यो । उनको पिता म’दि’राप्रेमी थिए, जसकारण जोनी सडकमा डटपेन बेचेर पैसा कमाउँथे । यही समस्याले गर्दा एकदिन जोनीले आ’त्मह’त्या ग’र्ने मन बनाएका थिए । तर, परिवारलाई सम्झिएर आफ्नो मनलाई परिवर्तन गरे ।

अभिनेता सलमान खान वर्षौदेखि ट्रायजेमिनल न्यूरालजिया नामको रोगबाट पीडित छन् । यो बिरामीलाई सु’सा’इ’ड डि’सि’ज पनि भनिन्छ । यो बिरामीबाट पीडित व्यक्तिको नशामा असहनीय दुखाइ हुन्छ । एक अन्तर्वार्तामा सलमानले यही रोगका कारण आफ्नो दिमागमा कयौं पटक आ’त्मह’त्याको सोचाई आएको खुलासा गरेका थिए ।

टेलिभिजन अभिनेत्री जस्मिन भसीनले करियरको सुरुवातमा कयौं अस्वीकारको पीडा झेल्नुप-यो । उनको अनुहारको रंग नराम्रो भएकै कारण धेरै ठाउँ उनले बेइज्जतको सामना गर्नु परेको थियो । एक समय उनले आ’त्मह’त्याको पनि प्रयास गरेकी थिइन् ।

 





Source link

Leave a Reply

Your email address will not be published.