कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै सरकारले लगायो नयाँ नियम, अब यी कार्य गरे कडा कारवाही हुने

ताजा खबर



भारतमा संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् । यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोनाबाट संक्रमित छन् ।

पमुख्यमन्त्री सिसोदियाले पत्रकार सम्मेलन गर्दै अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन आग्रह गरे । उनले सबै सरकारी अधिकारीहरुले घरबाटै काम गर्ने बताए । निजी संस्थाहरुले पनि ५० प्रतिशत कर्मचारीहरुले घरबाट काम गर्नुपर्ने बताए । भारतमा राजधानी दिल्ली, महाराष्ट्रको राजधानी मुम्बईमा पावन्दीका बीच पनि संक्रमण दर बढ्ने क्रम जारी छ ।

बिहारमा पनि नयाँ प्रतिबन्ध

संक्रमण बढेपछि नेपालसँग सीमा जोडिएको बिहारमा पनि नयाँ प्रतिबन्ध जारी गरिएको छ । राज्यभरका प्री-स्कूल र कक्षा एकदेखि कक्षा आठसम्म अनलाइनमार्फत् पढाइने छ ।

यसैगरी कक्षा नौदेखि १२ सम्मका ५० प्रतिशतको उपस्थितिमा मात्रै पढाइ हुने छ ।सिनेमा हलहरु ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाइने छ भने बिहेमा पनि सहभागी हुनेहरुका लागि निश्चित संख्या तोकिएको छ । नयाँ नियमहरु ६ जनवरी (बिहीबार)देखि लागू हुने र २१ जनवरीसम्म जारी रहने छ ।

एम्स अस्पतालको बिदा रद्द

संक्रमण दर बढेपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल)ले आफ्ना कर्मचारीहरुलाई दिइएको जाडो बिदा रद्द गरेको छ । सोमबार एक सूचना जारी गरी बिदामा बसेकाहरुलाई अस्पतालमा फर्किन भनेको छ ।

सूचनामा भनिएको छ, ‘कोभिड १९ र ओमिक्रोनको संक्रमण बढेकाले ५ देखि १० जनवरीसम्म दिइएको जाडो बिदा रद्द गर्ने निर्णय गरिएको छ ।’

कर्नाटकमा पनि सप्ताहन्तमा कर्फ्यू

भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमितको संख्या बढेसँगै कर्नाटकमा सप्ताहन्तमा कर्फ्यू घोषणा गरिएको हो ।

कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार विहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रीकालीन कर्फ्यू भने यथावत नै छ ।

कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ ।

यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रीकालीन कर्फ्यू लगाइएको थियो । तर, संक्रमण झन बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहन्तमा कर्फ्यू लगाइने घोषणा गरेको थियो ।

 





Source link

Leave a Reply

Your email address will not be published.